काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् ।
आज (बुधवार) चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले नेतृत्व पाए कांग्रेस सरकारमा जाने तर पहिला नेकपा फुट्नुपर्ने बताएका हुन् ।
उनले कांग्रेसलाई पदको लोभ नभएको तर जिम्मेवारी आए पूरा गरेरै छाड्ने दाबी गरेका छन् ।