काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०५१ सालबाट एक सय रुपैयाँमा शुरु गरेको वृद्धभत्ता केही समयमा ५ हजार पुर्याउने बताएका छन् ।
सुनकोशी-मरिन डाइभर्सन केन्द्र सिन्धुलीमा शिलान्यास गर्दै उनले भने, ‘हामीले २०५१ सालबाट वृद्धभत्ता एक सयबाट शुरु गरेका थियौँ। अहिले तीन हजार पुगेको छ। केही समयमै ५ हजार पुर्याउँछौँ।’
उनले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताए । देशको राजनीतिक अवस्थालाई लिएर प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले पिलो निचोरिँदैमा ओजन नघट्ने बताए। अहिलको कम्युनिष्ट आन्दोलन देश समृद्ध बनाउनेतर्फ केन्द्रित भएको उनको भनाई छ।