• सर्वोच्च अदालतले आज नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको फैसला गर्दै छ।

    न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोके पनि अदालत बिदा भएपछि फैसला आएको थिएन।

    तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उक्त नाममा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाले विवाद गरेको थियो।

    आफ्नो पार्टीको नाममा अर्को पक्षलाई बैधता दिएको भन्दै निर्वाचन आयोग र सत्तारूढ नेकपाविरूद्ध कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

    २०७५ मंसिर २१ गते दायर भएको यो रिटमा सर्वोच्चले २०७५ मंसिर २५ गते कारण देखाउ आदेश दिएको थियो।

    त्यसयता पटकपटक पेशी तोकिए पनि अन्तिम समयमा स्थगित हुँदै आएको मुद्दामा सर्वोच्च अदालतले  लामो प्रतीक्षापछि फैसला दिन लागेको हो।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…