काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२ पैसा तोकिएको छ ।
यसैगरी आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५८ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ १४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८१ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।