काठमाडौं । नेकपाभित्र दाहाल–नेपाल पक्षका रुपमा रहेका नेताहरु अब एमाले र माओवादी केन्द्रकै रुपमा अघि बढ्ने भएका छन् ।
सर्वोच्च अदालतले एकतापूर्वको अवस्थामा पुर्याइदिएपछि साेमबार बसेकाे यो समूहको स्थायी कमिटीकाे बैठकले एकता पूर्वको एमाले र माओवादी केन्द्रकै रुपमा अघि बढ्ने निर्णय गरेकाे नेता झलनाथ खनालले जानकारी दिए । यद्यपि बैठकको आधिकारिक निर्णय भने आउन बाँकी छ । बैठक अहिले पनि जारी छ ।