काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
यसैगरी आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ७७ पैसा र बिक्रीदर १० रुपैयाँ ८३ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।