• काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा रहेका माओवादी नेताहरुको व्यवस्थापनबारे तीन दिनदेखि छलफल गरिरहनुभएको छ ।

    मंगलबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गर्नुभएको छ । सर्वोच्च अदालतले एमाले र माओवादीलाई एकीकरण पूर्वको अवस्थामा फर्काएपछि आइतबार साँझदेखि नै माओवादी नेताहरुको व्यवस्थापन र कानूनी पाटोका बारेमा छलफल गरिरहनुभएको छ ।

    एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले औपचारिकरअनौपचारिक भइरहको बताउनुभयो ।

    मंगलबारको बैठकमा एमाले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल पनि सहभागी हुनुभएको थियो ।

    सरकारमा थापा, रायमाझी, भट्टसहित सहरी विकास मन्त्री प्रभू साह, श्रम , रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, युवा तथा खेलकुद मन्त्री दावा तामाङ र खानेपानी मन्त्री मणि थापा हुनुहुन्छ । तीमध्ये मणि थापाले एमाले नछाड्ने सार्वजनिक गरिसक्नुभएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…