• झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् ।

    बिर्तामोडमा नेपाल प्रेस युनियनले आज (बुधवार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि अब संसद चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राखे ।

    “नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद चल्न सक्दैन”, उनले भने, “संसद चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।”

    डा. कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे ।

    उनले कांग्रेसको १४ औंँ महाधिवेशनको आफू बलियो सभापतिको दावेदार रहेको बताउँदै सोहीअनुरुप नै जिल्ला दौडाहामा निस्किएको जानकारी दिए ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…