• काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद भवन बानेश्वर पुगेर आजको बैठकमा सहभागी नभई बाहिरिएका छन् । गत फागुन २३ गते बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन पनि उनी बानेश्वर पुगेर फर्किएका छन् । 


    प्रधानमन्त्री कुनै काम परेर बैठकमा सहभागी नभएको सुवासचन्द्र नेम्वाङले बताएका छन् ।  हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुको बहिष्कार र काँग्रेस तथा जसपाले गरेको अवरोधलाई ब्यङ्ग्य गर्दै उनले पहिलो गाँसमै झिँगाको संज्ञा दिएका थिए । 


    गत पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभा गत फागुन ११ गते सर्वोच्चले पुनःस्थापना गरेको थियो ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…