• मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थानीय नेता युवराज बास्कोटालाई आज (बुधबार) विहान प्रहरीले नियन्त्रणमा लिएको छ । 

    मोरङको पथरीशनिश्चरे १० मंगलबारेमा स्थायी बसोबास भएका बास्कोटाको घरमा पुस १४ गते १० नम्बर वडाकै जिरिखिम्तिका २१ बर्षिय सञ्जिव भण्डारी मृत फेला परेका थिए । १३ पुसमा बास्कोटाको घरमा सुतेका भण्डारी विहान मृत अवस्थामा फेला परेको थियो । 

    युवराज बास्कोटा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले केन्द्रीय आयोजक समितिमा मनोनित भएका ब्यक्ति हुन । केन्द्रीय आयोजक समितिमा ननोनितहुनु अघि बास्कोटा १ नम्बर प्रदेश समिति सदस्य थिए । 

    सञ्जिव भण्डारीको मृत्यु पछि उनकी आमा राधिका भण्डारी लगायतका आफन्त, छिमेकीहरुले छोराको हत्या भएको तर राजनीतिक पौजको आधारमा युवराज बास्कोटालाई प्रहरीले अनुसन्धान नगरेको गुनासो गर्दै आएका थिए । पोष्ट मार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि प्रहरीले भीसेरा रिर्पोट र मृत्युको करण कुर्नुपर्ने बताउदै आएका थिए । 

    मृतक भण्डारीकी आमा राधिका भण्डारीले छोराको हत्यारा युवराज बास्कोटा भएको किटानी जहेरी दिएपनि पक्रेर अनुसन्धान नगरेको गुनासो गर्दै आएका थिए । मृतक सञ्जिव भण्डारीको गाउँ जिरिखिम्तिबाट पटक पटक इलाका प्रहरी कार्यालय पथरी आएर बास्कोटा माथि अनुसन्धान हुनुपर्ने दबाब दिदै आएका थिए । 


    फागुन २४ गते पथरीशनिश्चरे नगरको आयोजनामा पथरी बहुमुखी क्याम्पसमा १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रममा मृतक सञ्जिव भण्डारीकी आमा राधिका भण्डारीको टोलीले युवराज बास्कोटा माथि आक्रमण गरेकी थिइन । राधिकाले हात लगाएपछि अन्य महिलाले समेत बास्कोटालाई प्लष्टिकको कुर्सी प्रहार गरेका थिए । 

    सो बिषयमा एमाले पथरी शनिश्चरे नगर समिति अध्यक्ष मोहन तुम्वापोले आज (बुधबार) बिज्ञप्ति प्रकाशन गरी घट्नाको घोर भ्रत्सना गरेका थिए । विज्ञप्ति मार्फत शंकाको भरमा सार्वजनिक स्थालमा आक्रमण गरेको भन्दै निन्दा गरिवएको थियो ।

    सञ्जिव भण्डारी मृत्युको बिषयलाई लिएर आज (बुधबार) विहान करिव १० बजे युवराज बास्कोटालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए । पक्राउ परेको बास्कोटालाई अनुसन्धानको मिसिलसहित जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए । 

    मृतक भण्डारीको पोष्ट मार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । पोष्ट मार्टम रिपोर्टमा मृत्युको करण खुलाइएको थिएन । भीसेर रिपोर्ट र मृत्युको कारण आएपनि उक्त रिर्पोट जिल्ला प्रहरी कार्यालयमै रहेको डीएसपी कृष्ण खड्काले जानकारी दिए । भीसेरा रिपोर्ट बारे तत्काल भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता मृतक सञ्जिव भण्डारीकी आमा राधिका भण्डारीले भने न्यय पाउनेमा आशा जागेको बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…