• काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले चाँडो केन्द्रीय कमिटी बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिने भएको छ ।

    नयाँ बानेश्वरको अर्याल इन्टरनेशनल होटलमा बसको माधव नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यहरुको भेलाले चाँडो पार्टी कमिटीहरु क्रियाशील बनाउन माग गरेको छ ।

    बैठकमा संस्थापन पक्षले पार्टी कार्यालयहरु कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नाम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आप्पति जनाएको छ ।

    बैठकमा सहभागी केन्द्रीय सदस्य झपट रावलले भने–देशब्यापी रुपम पार्टी कार्यालयहरु कब्जा गर्ने, गुण्डागर्दी गर्ने र उडन्ते तथा म्यादी पदाधिकारीहरुको बाोर्ड राख्ने कुराको कसरी प्रतिवाद गर्ने भनेर छलफल भएको छ । छिटो भन्दा छिटो बैठक बोलाउनुपर्छ भन्ने कुरा हाम्रो हो ।

    बैठकमा झलनाथ खनाल, माधव कुमार नेपाल लगायतका नेताहरुले अबको रणनीतिबारे धारणा राखेका छन् । एमाले व्युँतिएको चार पाँच दिन भइसक्दा पनि अध्यक्ष ओलीले संवाद नगरेको विषयमा पनि नेताहरुले आपत्ति जनाएका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…