• कैलाली । धनगढी स्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको हो । अहिले स्थिति तनावपूर्ण भएको छ ।


    बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेम प्लेट सहित नयाँ बोर्ड राखेका थिए । त्यसको केहीबेरमा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको जुलुसले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो । सो समूहले रावल प्रदेश इन्चार्ज र जोशी अध्यक्ष भन्ने नेम प्लेट पनि हटाएको थियो ।


    त्यसलगत्तै रावल पक्षका कार्यकर्ता आएर ओली पक्षले राखेको बोर्ड र नेम प्लेट हटाएका थिए । त्यस क्रममा दुवै पक्षबीच भनाभन र झडप समेत भएको हो । झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । अहिले प्रदेश कार्यलय प्रहरीको कब्जामा छ ।


     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…