• काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्युँतिएको छ । एमालेले देशव्यापीरुपमा पार्टी कार्यालयको उद्घाटनको अभियान नै चलाएको छ । पार्टी पुनर्मिलनको वैधानिक थलो मानिएको पार्टी कमिटीको बैठक भने बस्न सकेको छैन । पार्टी ब्युँतिएपछि माओवादी केन्द्रसँग अलग भएर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पार्टीमै फर्किसकेका छन् । पार्टी ब्युतिएसँगै खनाल–नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई नै बाँकी कार्यकाल निरन्तरता दिने निष्कर्षसमेत निकालिसकेका छन् ।

    खनाल–नेपाल समूहले अन्य दलसँग भन्दा पनि माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएर जानुपर्ने निष्कर्ष निकालेको छ । पार्टी अगल–अगल भए पनि माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिँदै आएको समर्थन कायमै राखेको छ । सर्वोच्चको फैसलापछि एमालेभित्रको पहिलो पुनर्मिलन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा देखिए पनि पार्टीको स्थायी समिति बैठक बोलाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले इन्छा नदेखाउँदा खनाल–नेपाल समूह असन्तुष्ट बनेको छ । नेकपा एमालेमा पार्टी मिले पनि मन मिल्न गाह्रो भइरहेको छ ।पार्टी भंग गरेर नेकपा बनाए पनि अदालतले पुनः एमाले नै ब्युँताउने फैसला कार्यान्वयमा आइसक्दा समेत पार्टी कमिटीको बैठक नबोलाउनुलाई खनाल–नेपाल समूहले अर्थपूर्णरुपमा लिएको छ । सो समूहले आफू पक्षीय स्थायी कमिटी, केन्द्रीय कमिटी र सांसदहरुसँग परामर्श गरेर छिटो बैठक बोलाउन दबाब दिएको छ ।

    तर एमालेको शीर्ष तहमा अहिलेसम्म कुनै पनि औपचारिक संवादले प्रवेश पाएको छैन । पार्टी कमिटीको बैठक बोलाउने भन्दा पनि अध्यक्ष ओली विगतमा आफूलाई साथ दिने गृहमन्त्री रामबहादुर थापा बादललाई उपाध्यक्ष बनाउने गृहकार्यमा लाग्नुले खनाल–नेपाल पक्षलाई थप सशंकित बनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…