• काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतवार बम विष्फोट भएको छ । बम विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भीर घाइते भएका छन् भने अरु ५ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उदिप राज भण्डारीले लोकपथलाई जानकारी दिए ।

    घाइतेहरुको लाहान अस्पतालमा उपचार भइरहेको एसपी भण्डारीले बताए ।

    ‘घटना कसले गराएको हो भन्ने विषय खुलिसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौँ ।’ एसपी भण्डारीले भने ।

    मध्यान्न करिब १२ : ४० बजे मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको र विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ ।

    प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…