काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज वार्ता सुरु भएको छ । वार्ताका लागि पार्टी कार्यालय धुम्बाराहीमा दुवै पक्षका नेताहरु पुगेका छन् ।
नेकपा एमालेमा देखिएको विवाद मिलाउन दुवै पक्ष वार्तामा बसेका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष अोलीले नेपाल पक्षलाई छलफलका लागि बोलाएका हुन् ।
वार्तामा पार्टी कार्यालय जानुअघि नेपाल पक्षका नेताहरुबीच नयाँ बानेश्वरस्थित एक होटलमा छलफल गरेका थिए ।
माधवकुमार नेपाल पक्षको अनुपस्थितिमा नै ओलीले बैठक बोलाएर नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए भने महाधिवेसनको मितिसमेत तोकेका थिए ।