• काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच भेटवार्ता र छलफल सुरु भएको हो । 


    छलफलका लागि ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त लगायत सहभागी छन् ।


     छलफलमा वरिष्ठ नेता झलनाथ खनाललाई भने बोलाइएको छैन । नेता खनालले आफूलाई नबोलाइएकाले छलफलमा नगएको बताए । ‘मलाई बोलाइएको नै छैन । त्यही भएर म गइनँ,’ खनालले बताए । उनका अनुसार यसअघि नेता नेपालले ओलीले भेट्न बोलाएको भन्दै खनालसँग परामर्श गरेका थिए । 


    छलफलमा माधव पक्षले ओलीसँगको छलफलमा विधानविपरीत गरेको नेताहरुको जिम्मेवारी हेरफेरलाई खारेज गर्न औपचारिक प्रस्ताव गर्ने तयारी गरेका छन् । 

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…