• काठमाडौं, २ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिन तयार छैनन् । ओलीलाई जतिसक्दो छिटो सत्ताबाट हटाउन सक्रिय भएका प्रचण्डले किन समर्थन फिर्ता लिइरहेका छैनन् ? चासोको विषय बनेको छ ।

    प्रधानमन्त्री ओलीले पनि आफूलाई माओवादी केन्द्रले दिइआएको समर्थन छिटो फिर्ता लिई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । उनले यसो भनिरहेपनि प्रचण्ड मौन छन् । माओवादी केन्द्रको बैठक पटक पटक बसेपनि सरकारलाई दिआएको समर्थन फिर्ता लिनेबारे निर्णय लिएको छैन ।

    सरकारलाई दिइआएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा ओली सरकार अझ लामो समय टिक्ने सम्भावना रहन्छ । त्यही बुझेर प्रचण्ड सतर्क बनेका छन् । उनले सरकारलाई दिइआएको समर्थन फिर्ता नलिई ओली हटाउने रणनीतिसहित बढेका छन् ।

    अकस्मात् सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने ओलीविरोधी समूहको तयारी छ । समर्थन फिर्ता लिनेभन्दा पनि सिधै अविश्वासको प्रस्तावको तयारी छ । त्यसका लागि समिकरण बनाउने गरी गृहकार्य भइरहेको छ ।

    नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच समिकरणको गृहकार्य चलिरहेको छ । प्रचण्ड र राजपाका नेताहरु त्यसमा लगभग सहमत भइसकेका छन् । तर, काँग्रेस सभापति देउवाबाट अझै स्पष्ट जवाफ आइरहेको छैन । उनी पर्ख र हेरको रणनीतिमा छन् । देउवाले आफै सरकारको नेतृत्वको दाबी गरिरहेका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…