• काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदलाई आफ्नो स्वार्थका लागि प्रयोग गरिएकोप्रति रोष प्रकट गरेका छन् ।

    आज (मंगलवार) बालुवाटारमा आयोजित चियापान कार्यक्रममा बोल्दै ओलीले एसिडआक्रमणविरुद्धको अध्यादेश, बलात्कारविरुद्धको कानूनको लागि अत्यावश्यक अध्यादेश ल्याइएकोमा पनि संसद अवरुद्ध गरेको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले भने, ‘म धेरै कुरा केहि भन्न गइरहेको छैन । नयाँ परिस्थिती उत्पन्न भएको छ । राष्ट्रिय राजनीति नै विथोलेर एकता एकिकरण प्रक्रिया अघि जान नदिएर असहज स्थितीमा पुर्‍याउँदै आ आफ्ना पार्टीमा फर्कनुपर्ने र प्रतिनीधिसभा विघटन पुनस्थापना गर्नुपर्ने स्थिती सिर्जना भयो। तर पुनर्स्थापित संसद पहिलो दिनदेखि नै राम्ररी चल्न पाएन । प्रतिनीधिसभा पुनर्स्थापना गरेर अनि आफैँले चल्न नदिने आफैँ अवरोध गर्ने, विरोध गर्ने यो कस्तो परिपाटी हो ? अध्यादेश स्विकृत गर्नुपर्ने अवस्थामा समेत संवैधानिक दायित्वविमूख भएका छन् ।’

    उनले थपे, ‘विषम अवस्था खडा हुने स्थिती देखा परेको छ । पहिलो दिनदेखि नै सरकारलाई असफल पार्ने प्रयासहरु भइरहेका छन् । संविधान कार्यान्वयन गर्न व्यवधान खडा भइरहेको छ।’

    प्रधानमन्त्री ओलीले सभामुखको कार्यशैलीप्रति आपत्ति जनाउँदै भने, संविधानको कार्यान्वयनप्रति सभामुखको जुन कर्तव्य थियो त्यसभन्दा पर भिन्न प्रकारका सहमती सेटिङबाट संविधान कार्यान्वयन हुन नदिनु, एसिड आक्रमणविरुद्धको अध्यादेश, बलात्कारविरुद्धको कानूनको लागि अत्यावश्यक अध्यादेश छलफल नै गर्न प्रवेश नदिनु, निष्प्रभावी बनाउने चेष्ठा गर्नु, यो सबै के हो ?

    उनले अनुरोध शैलीमा भने, हाम्रो प्रयास छ देश र जनताको हितका निम्ती काम गर्ने थलो बनाऔँ । समाधान दिने थलो बनाऔँ । संसदलाई स्वार्थको थलो होईन । संसदलाई देश र जनताको हितका निम्ती काम गर्ने थलो बनाउनुपर्छ । सामाजिक न्याय र समानताको निम्ती काम गर्ने थलो बनाऔँ , जनताको माग र अप्ठेरो समाधान गर्ने थलो बनाऔँ । संसदलाई त्यसरी चल्न दिइएको छैन ।

    उनको सम्बोधन जारी छ ।

    चियापान कार्यक्रममा नेतात्रय माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम भने अनुपस्थित छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई जनताको सेवामा फर्किन आव्हान गरेका छन्…