• काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान,कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

    केन्द्रीय सदस्य तथा सांसदहरूलाई बालुवाटारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बुधवारबाट हुने भनिएको माधव नेपाल पक्षको भेलामा सहभागी नहुन एमाले नेता कार्यकर्तालाई सचेत समेत गराए । ओलीले अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने बताए ।

    ओलीले भने, ‘अनुशासनहीन भएमा देशको कानून, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ । यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहान्छु । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु ।’

    एमालेमा कसैमाथि अन्याय नहुने र विधि पद्धतिका नाममा बाटोबाटै अध्यक्ष र संसदीय दलको नेता हटायौं भन्ने छुट पनि नहुने ओलीले बताए । हिजो एकदमै अपराध गर्नले आज पनि तमासा देखाउन खोजेको भन्दै ओलीले त्यतातिर पनि एक नजर रहने उनले चेतावनी दिए ।

    ओलील भने, उनीहरुले त अध्यक्ष र महासचिवलाई निष्कासन गरे । दलको नेतालाई बाटोबाटै हटायौं भने । उनीहरु यस्ताखाले विधि पद्धति रुचाउँछन् । तर, एमालेमा अब त्यो छुट कसैलाई छैन । अब उप्रान्त अराजकता, उच्छृखंलता, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन, यी कुरा मान्य हुने छैनन् ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…