• काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ईतिहासको कठघरामा उभिएका प्रधानमन्त्री केपी ओलीको लागि कुनैसमयमा दुई थोपा आशु चुहाउने मान्छे पनि नहुने दाबी गर्नुभएको छ ।  

    चैत्र ४ र ५ गते हुने राष्ट्रिय कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भन्नुभयो अध्यक्ष  तथा प्रधानमन्त्री ओली ईतिहासको कठघराका उभिएको र जबाफ दिन नसक्दा कठोर कारबाही हुने भन्दै त्यसबेला दुई थोपा आशु चुहाउने पनि कोहि नहुने दाबी गर्नुभयो । 

    आफू पक्षीय भेलमा गएकाहरु लाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी प्रति सचिव भट्टराईले भन्नुभयो आबेग र उत्तेजनाले दूर्घटना तीर जान्छ , कारबाहीको धम्कि काम छैन,  एक पछि अर्को कारबाही भोग्न लामबद्ध छौ । 

    सचिब भट्टराईले उत्तर कोरियाका राष्ट्रपति किम जोङ्गको बहिनीको भनाई उद्दरण गदैं भन्नुभयो उनले चार बर्ष ब्हाईट हाउसमा बस्ने हो भने बारुद्धको गन्ध नफैलाउन अमेरिकी राष्ट्रपतिलाई चेतावनी दिएजस्तै प्रधानमन्त्री ओली पनि दुई बर्ष बालुवाटारमा चुप लागेर बसेर हुन्छ, बारुदको गन्ध फैलाउने कुर स्वीकार्य हुदैन । उहाले भन्नुभयो तपाईको हात बाट यो पार्टी क्षत बिक्षत हुने छैन नयाँ पुस्तालाई सग्लो पार्टी हस्तान्तरण गरौ ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…