• काठमाडौं- सरकार परिवर्तनलाई लिएर राजनीतिक दलहरूबीच दौडधुप जारी रहेकै वेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा बंगलादेशमा हुने भ्रमणको बिषयमा मात्रै छलफल भएको छ ।

    बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा दलका नेताहरुले राष्ट्रपतिको बंगलादेश भ्रमणमा मात्रै छलफल सीमित भएको बताए । बैठकमा देशको समसामयिक बिषयमा पनि केही नेताहरुले कुरा उठाएका बताइएको छ ।

    राष्ट्रपति भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

    बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारीको दुई दिवसीय भ्रमण तय भएको हो।बैठकमा संसदमा रहेका सबै दल र पूर्व प्रधानमन्त्रीहरूलाई बोलाइएपनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,झलनाथ खनाल र बाबुराम भट्टराइको भने उपस्थिती रहेको थिएन ।

    हाल संसदमा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत ५ पुसमा प्रतिनिधिसभा विघटनलाई सदर गरेपछि राष्ट्रपति भण्डारीको व्यापक आलोचना भएको थियो ।

    उक्त विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले निर्णयलाई बदर गरेर संसद् पुनस्र्थापना गरेपछि ओली सरकार संकटमा परिरहेका वेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकी हुन् ।

सम्वन्धित समाचार

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…