• काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता झलनाथ खनालले गत फागुन २८ गते प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णय मान्य नहुने बताएका छन् ।

    एमाले नेपाल खनाल पक्षले ललितपुरको सानेपा हाईटस्थित होटेल हेरिटेजमा गरेको कार्यकर्ता भेलाको शुभारम्भ गर्दै नेता खनालले ओलीको निर्णय पार्टीको विधी पदती अनुसार नभएको भन्दै उनले रोष प्रकट गरे ।

    उनले भने, ‘पार्टीको कुरा नसुन्ने मात्रै होईन, उहाँ बैठकमा नै आउनुभएन । केपी ओलीकै कारण ३ वर्ष पनि एकताले पूर्णता पाएन । पार्टी चालबाजीमा फस्यो । पार्टीमा गुटबन्दी शुरु गर्ने नेता केपी ओली हो । अराजकता बढेको छ। पार्टीमा वैचारिक सैद्धान्तिक राजनीतिक कार्यदिशा शुन्य भयो । संगठनात्मक ठाउँमा अराजकता भयो । नयाँ ढंगले रुपान्तरण गर्दै अघि बढ्नुपर्ने दायित्व हामीसँग छ। ठिक ढंगले काम अघि बढाउन बाधा व्यवधान आए लागे । संविधानका विपरीत भए संसद् विघटन । विभिन्न ढंगले हामीले आवाज उठायौँ। लडाई गरेर संसद् पुनस्थापना भयो । लोकतान्त्रिक प्रक्रियालाई जोगाउन सकियो। संविधानलाई जोगाउन सकियो । सर्वोच्च अदालतको पछिल्लो राजनीतिक फैसलाले हामी ३ वर्ष अघिको स्थितीमा आइपुगेका छौँ । तर उहाँले २८ फागुनमा बालुवाटारमा बैठक राखेर एकलौटी ढंगले निर्णय गर्नुभयो जुन पार्टी विधान विपरित छ । केपी ओलीले अहिले जे काम गर्नुभएको छ । त्यसले पार्टीलाई विभाजनतर्फ मात्रै लैजान्छ । हामीले ३ बर्षसम्म कठोर ढङ्गले सहेरै बसेका हौँ ।

    नेता खनालले तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपालाई फुटको दिशातर्फ लगेको भन्दै ओलीको आलोचना गरेका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…