• काठमाडौं । एमाले नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका साइबर सेनाहरूबाट होसियार हुन आग्रह गरेका छन् ।  उनले ओलीका साइबर सेनाले अहिले पनि भ्रम फैलाइरहेको भन्दै नेकपा हुँदा मात्रै साइबर सेना रहेको भनेर आफुले बुझेपनि त्यो गलत रहेको बताए । 


    ‘फेक सूचना जारी गरी भेला स्थगित गरेको भनेर भ्रम फैलाइयो । ओलीका साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । बाँचिरहेका रहेछन् । हिजोमात्रै नेकपा हुँदा मात्रै होलान् भनेको होइन रहेछ । होसियार । भोलि पनि साइबर स्यालहरुबाट यस्तै गलत सूचना आउनेछन् । अलमलमा पार्नेछन् । तर अल्मलिन जरुरी छैन’ कार्यकर्तालाई नेपालको आग्रह छ । 


    उनले ओलीसँगको लडाई पदका लागि नभई विधि, सिद्धान्त, विचार, लक्ष्यसँग र इमानदारितासँग जोडिएको भन्दै लडाईंको अग्निपरीक्षामा उत्तिर्ण भएरै छाड्ने पनि बताए । ओलीबाट पीडितहरु बीचको एकता भएको भन्दै नेता नेपालले भने, ‘कम्युनिस्ट पार्टी कस्तो र कसरी चलाउनुपर्छ भनेर बहस भइरहेको छ ।’ 


    बुधबार एमालेको आफुपक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीमा अहिले गम्भिर प्रश्न खडा हुनुमा अध्यक्ष ओली नै जिम्मेवार रहेको दावी गरे । ‘उहाँको चिन्तन, व्यवहार, कार्यशैली कस्तो छ ? कस्तो रहँदैछ भन्ने अनुभव धेरै योद्धाहरूसँग रहेका छन्’ उनले ओलीमा आई एम द पार्टी भन्ने तानाशाही प्रवृत्ति देखाएको दावी गरे । ‘अहंकार गुटगत प्रवृति, पार्टी एकतालाई स्वार्थ सिद्ध गर्ने, जबज सिध्याउने काम गर्नुभयो । आज तपाई जबजको हिमायती भन्नुहुन्छ, यस्ता नक्कली कुरामा कोही भ्रममा नपरौं’ नेपालको भनाई छ । 


    उनले जबज र राष्ट्रिय पुँजीवादको कुरा गरेपनि दलाल पुँजीवादको पक्ष पोषणमा लागेका ओली एकताको कहिल्यै पक्षपाती नभएको र लडाउने भिडाउने काममा लागेको बताए । ‘हुँदाहुँदा प्रधानमन्त्रीको कुर्सी बचाउन संविधान नै सक्ने योजनामा लाग्नुभयो’ नेता नेपालले ओलीका सबै हर्कतहरुबारे भेलामा छलफल गर्ने बताए ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…