• काठमाडौं । एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताएका छन् । बुधबार आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पछिल्लोपटक ओलीसँग भएको छलफलपछि ओलीको दम्भ नहटेको भन्दै त्यसपछि पार्टी एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताएका हुन् । 


    नेपालले ओलीसँग भएको वार्ताको प्रसंग उल्लेख गर्दै भने, ‘केपी ओली यो पार्टीलाई छिन्न भिन्न पार्न लागिरहनुभएको छ । उहाँको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्ष निकाल्यौ’, नेता नेपालको भनाई छ ।   त्यसक्रममा उनले पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि एमालेको १० औ र ११ औं बैठक नराखी एकैचोटी १२ औं बैठक बोलाएको भन्दै कहाँ गए दशौं र एघारौं बैठक भनेर ओलीलाई प्रश्न समेत गरेका छन् ।


    नेता नेपालले ओलीको व्यक्तिवादी, अहंकारी र स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीमा संकट आएको बताए । ‘अहिले चैत ७ गते १२ औं बैठक बोलाइएको छ । कहाँ गयो १० औ र ११ औं बैठक ? नवौं बैठक बसेको थियो पहिले । एकैचोटी ७ गते १२ औं बैठक भनेर बोलाइयो । कारण के भन्दा यसबीचमा दुईवटा कागजमा सहि गराउनुभएछ दशौं र एघारौं बैठकका नाममा’ नेता नेपालले खुलाए । उनले विधान संशोधन र केन्द्रीय कमिटीमा मान्छे थप्ने निर्णय पनि आफूखुसी गरेको बताए । उनले ओलीसँग पछिल्लो पटक भएको छलफलमा समेत ओली फागुन २८ को निर्णयबाट पछि हट्न तयार नभएको बताए ।


     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…