• काठमाडौं ।  नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको छ । बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । 


    ‘आजबाट नेकपा एमाले संसदीय दलको विधान २०७७ पारित भएको छ’, प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संशोधित विधानमा दुई सदनात्मक व्यवस्था राखिएको छ । उक्त विधान शनिबारै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरेको छ । 
    कृष्णभक्त पोखरेल, वामदेव गौतम, विमला विक, लगायत १० जना सांसदले धारणा राखेका थिए । 
    विधानमा संविधान, एमालेको विधान र संसदले पास गरेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार तादम्यता मिल्ने गरी संशोधन गरेको कार्यदलले जनाएको छ । 


    त्यस्तै संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अव २९ सदस्यीय हुने बनाएको छ । त्यसैगरी दलको उपनेता दलको नेताले नै मनोनयन गर्ने व्यवस्था गरिएको मुख्य सचेतक भट्टराईले जानकारी दिए । संसदीय दलको बैठकमा माधव पक्षका ३८ जना सांसदले दलको बैठक विधि सम्मत नभएको भन्दै ध्यानाकर्षण गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…