• काठमाडौं, चैत ७ । प्रचण्डको निर्देशन मानेर पार्टी नै तहस नहस पार्ने अभियानमा लागेपछि माधव नेपाल छाडेर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा दृढताका साथ उभिने क्रम ह्वात्तै बढेको छ । आज मात्रै माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल आज संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गर्नुभएको छ ।

    दलको बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले,जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको घोषणा गर्नुभयो ।

    ‘छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ,यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु,’ बैठकमा माधव समुह त्यागेर मुल नेतृत्वलाई समाहित भएको घोषणा गर्दै नेता पोखरेलले भन्नुभयो ।

    पोखरेलले बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजिएको स्मरण गर्दै पछि सबैले साथ दिएर ५ वर्ष सरकार चलेको उदाहरण दिनुभयो । माधव नेपालहरुले पनि केपी ओलीलाई बिनाशर्त साथ दिनुपर्ने निश्कर्ष पनि पोखरेलले दिनुभयो ।

    चितवनबाट निर्वाचित सांसद पोखरेल प्रभावशाली नेता मानिनुहुन्छ । उहाँ नेकपा विभाजनको बेला प्रचण्ड माधव पक्षको प्रतिनिधिका रुपमा अदालत र निर्वाचन आयोगमा जाने गर्नुभएको थियो । माधव समुह एमाले सकाउने अभियानमा लागेपछि आफूले साथ छाडेर अध्यक्ष ओलीको नेतृत्वमा समाहित भएको घोषणा गर्नुभयो ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…