• र्खेत । नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले नेकपालाई मृत घोषणा गर्दा नेकपाको मलामी जाने नेपाली कम्युनिष्टमा कोही पनि नेता नभएको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

    आफु संसदमा भर्‍याङ चढदै गर्दा सर्वोच्चको फैसला आएको र त्यसबाट आफू दुखी भएको बताए । ‘मैले यसो वरिपरी हेरें । नेकपा पार्टीको मृत्यू भएको छ । म त शोक वक्तव्य पो प्रकट गर्दैछु । मैले शोक वक्तव्य प्रकट गर्दा गर्दै पनि नेकपाको मलामी जाने कोही भेटिएनन् ।’

    उनले थप्दै भने ‘शोकगीत बजाउनुपर्नेमा लोकगीत बजाएको छ । कोही नाचेको छ, कोही लड्डु बाँडेको छ । नेकपा सकियो भनेको दिन कोही रोयो ? कोहि दंग परेको छ त कोहि खुशी भएको छ, कसैले माला लगाएको छ । काेहि नाचेको छ, बद्री पंगेनीको मै पनि एमाले सै पनि एमाले भन्ने गीत तछाड मछाड गरेर गाएर माधव नेपाल संसद छिर्नुभयो । त्यसपछि ओलीले एकपटक हकारेर पठाएपछि प्यालेस जानु भएको छ । उता आएको छ, यता आएको छ उनको बारेमा चिन्ता नगरौं ।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगलाई खल्तीका रुपमा प्रयोग गरिरहेको आरोप लगाए । ‘निर्वाचन आयोगदेखि अन्य संवैधानिक आयोग ओलीका दाँया र बाँया खल्ती भएका छन् । सरकारी आयोगलाई, अड्डा अदालतलाई उनले सके मिलाउने नसके तर्साउने रणनीति लिइ अघि बढिरहनु भएको छ । यो गलत छ ।’ उनले भने,

    ‘अब काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ । सरकारले कोरोनाबाट ग्रसित नागरिकलाई राहत दिन, संविधानमा ओलीले पारेका भ्वाङ्ग पुर्न र निष्पक्ष चुनाव गराउन काँग्रेस सरकारमा जानै पर्छ । यसका लागि काँग्रेसले केन्द्रीय समितिको बैठकबाटै आवश्यक निर्णय लिन आवश्यक छ ।’ उनले नेकपालाई जनताले दिएको म्याण्डेट पुरा नभएको बताउँदै अब देश सम्हाल्ने जिम्मा काँग्रेसको हातमा आएको दाबी गरे ।

     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…