• काठमाडौं, ९ चैत्र । नेकपा (एमाले) को आन्तरिक संघर्ष झनै चुलिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेपछि विवाद झनै चुलिएको छ । नेता नेपालसहित चारै जना नेताले कुनैपनि हालतमा ओलीले सोधेको स्पष्टीकरण नदिने अडान लिएका छन् ।


    अब कसरी अघि बढ्ने ? भन्नेबारे रणनीति बनाउनको लागि आज नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बस्ने भएको छ । पछिल्लो समय नेपाल समूहका बैठक तथा छलफलहरु बानेश्वरस्थित् अर्याल होटेलमा हुँदै आएका छन् । नेपाल पक्षले कुनैपनि हालतमा अध्यक्ष ओलीसामू नझुक्ने नीति लिएको छ । उनीहरु पार्टीभित्र आन्तरिक संघर्ष गर्ने र देशव्यापी रुपमा समानान्तर कमिटी बनाएर अघि बढ्ने पक्षमा छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…