मोरङ । नेपाल पत्रकार महासंघको निर्वाचनमा आदिबासी जनजाति मैत्री उमेद्वार उठाउन संघ, संगठनहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले आग्रह गरेको छ ।
संघ, प्रदेश र जिल्लाहरुमा आदिबासी जनजाति लगायत उत्पीडित समुदायको भावना बुझने वा आदिबासी जनजाति मैत्री उमेद्वार उठाउन फोनिज प्रदेश १ समितिले संघ, संगठनलाई आग्रह गरेको हो । फागुन २१ र २२ गते सुनसरीको रामधुनी नगर स्थित ईमानसिंह तालमा फोनिज १ नम्बर प्रदेशको बृशत भेला भएको थियो ।
भेलाद्वारा जारी १४ बुँदे घोषणा पत्रको पहिलो नम्बरमा संघ (केन्द्र), प्रदेश र शाखाहरुको अध्यक्ष, महासचिव, सचिव लगायतका कार्यकारी पदहरुमा आदिबासी जनजाति समुदायलाई टिकट दिन प्रेस संगठन, प्रेस चौतारी, प्रेस युनियन, प्रेस मञ्च लगायतका संघ, संगठानहरुलाई आव्हान गरेको छ ।
प्रदेश नम्बर १ आदिवासी पत्रकारहरुको बाहुल्य रहेको प्रदेश हो । प्रदेशमा रहेको एक हजार ६१० साधारण सदस्य मध्ये ९०० बढी आदिबासी जनजाति पत्रकार रहेका छन् । प्रदेशमा आधाभन्दा बढी आदिबासी पत्रकारहरु भएपनि संघ, संगठनहरुले अध्यक्ष, महासचिव, सचिव जस्ता पदहरुमा आदिबासी जनजाति समुदायका पत्रकारहरुलाई टिकट नदिने गरेको भन्दै फोनिज १ नम्बर प्रदेशले यो निर्वाचनमा आदिबासी जनजाति मैत्री उमेद्वार उठाउन शुरुदेखि नै आग्रह गर्दै आएको छ ।
नेपाल पत्रकार महासंघको चैत्र २५ गते निर्वाचन हुदैछ । संघ (केन्द्र)मा ५१ पदको लागि भोली चैत्र १३ गते मनोनयन दर्ता हुँदैछ । त्यसैगरी प्रदेशमा २१ पदको लागि १९ गते र बढीमा २१ पदका लागि २२ गते हरेक जिल्लाहरुमा मनोनयन दर्ता हुँदैछ । तीनै तहमा मुख्य पदहरुमा आदिबासी जनजाति, मधेशी, महिला, मुश्लिम, दलित समुदायलाई उमेद्वारी दिन फोनिजले प्रस्ताव गरेको हो ।
प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईको सभापतित्वमा भएको प्रदेश भेलामा फोजिनका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, बरिष्ठ उपाध्यक्ष गजुरधन राई, संगठन सचिव मिलन लिम्बू, सचिव कमन देवान, इन्चार्ज दिपिन राई लगायतको उपस्थिति भएको थियो ।
भेला खुल्ला सत्रमा पत्रकार महासंघ १ नम्बर प्रदेशका महासचिव विवेक गौतम, प्रेस चौतारीको प्रदेश इन्चार्ज लिलाराज भट्टराई, प्रेस युनियनको प्रदेश संयोजक लिलाबल्लब घिमिरे, प्रेस मञ्चका राम योङहाङ, संघीय प्रेस नेपालका अध्यक्ष दिलकुमार लावती लगायतले शुभकामना दिएका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को २०७७ फागुन २१ र २२ गते प्रदेश १ सुनसरीको ऐतिहासिक रामधुनी नगरपालिका वडा नं. ७ स्थित रासतालमा सम्पन्न प्रदेश भेलाले १४ बुँदे ‘रा.स. ताल घोषणा पत्र–२०७७’ जारी गर्दछ,
१. नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्र, प्रदेश र जिल्ला तिनै तहका सबै पदहरुमा समावेशी प्रतिनिधित्व हुने गरी नयाँ समिति बनाउन सम्वन्धित सबैमा आग्रह गर्दछ ।
२. सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक प्रदेशभरका सबै सञ्चार माध्यममा लागू गराउन माग गर्दै स्वरोजगार सञ्चार माध्यमलाई सरकारको तर्फबाट आर्थिक सहुलियतको व्यवस्था गर्न तिनै तहका सरकार समक्ष माग गर्दछ ।
३. प्रदेश नम्बर १ मा मातृ (राष्ट्र भाषा) भाषामा प्रकाशन÷प्रशारण हुने सञ्चार माध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तिकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गरियोस् ।
४. राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा तीनै तहका साना ठूला लगानीका सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने व्यवस्था गदै अनलाइन, रेडियो र टेलिभिजनलाई समेत वर्गीकरणको दायरामा ल्याउन प्रेस काउन्सिल नेपालसँग यो भेला जोडदार माग गर्दछ ।
५. आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग माग गर्दछ ।
६. नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चारसम्बद्ध संघसंस्थालाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको अनुदान रकम फोनिजलाई हाल कटौती गरेकाले उक्त अनुदान उपलब्ध गराउन माग गर्दछ ।
७. समानुपातिक समावेशी प्रतिनिधित्व व्यवस्था अनुरुप सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोही अनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा कार्यान्वयन गरी समाचार कक्ष समावेशीताका लागि माग गर्दछ ।
८. प्रथाजनित कानूनहरुसँग बाझिएका कानूनहरु स्वतह खारेजी गर्न यो बैठक जोड्दार माग गर्दछ ।
९. सुनसरीमा राज्य तथा अन्य निकाय र व्यक्तिबाट अतिक्रमण गरिएको थारु जातिको ग्रामथानहरुको संरक्षणका लागि नेपाल सरकार र स्थानीय सरकारले कदम चालोस् भन्ने यो वैठक जोडदार माग गर्दछौं ।
१०. किराती मुन्धुममा आधारित ऐतिहासिक धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको खुवालुङ अतिक्रमण तुरुन्त रोक्न जोडदार माग गर्दछौ ।
११ सोलुखुम्बूको सेलु एफ.एम. र ताप्लेजुङ्गको दोभान बजारमा भएको आगलागी र क्षतिप्रति भेला दुःख ब्यक्त गर्दै सहयोग उपलव्ध गराउन सरकार र अन्य सहयोगि मनहरुसँग जोडदार माग गर्दछ ।
१२ सञ्चारकर्मी समेत रहेका राजनीतिक बन्दी रेशमलाल चौधरीलाई तत्काल रिहाइ गर्न भेला माग गर्दछ ।
१३ राष्ट्रिय सम्मानित इमानसिंह चेम्जोङ (रा.स.) ताल, शंकरबेली ताल, अमाह सिमसार, रामधुनी मन्दिर, ग्रामधान, थारु संग्रहालय र कोशीटप्पु जस्ता पर्यटकीय क्षेत्रलाई ब्यबस्थित गर्न तीनै तहको सरकारलाई माग गर्दछौ ।
१४. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को भेलामा आमन्त्रित प्रमुख अतिथि फोनिज संघीय अध्यक्ष डण्ड गुरुङ लगायत विभिन्न जिल्लाका प्रतिनिधि, बैठकमा सहयोग पु¥याउनु हुने सबैमा विस्तारित बैठक विशेष धन्यवाद व्यक्त गर्दछ ।
अर्जुन जम्नेली राई
अध्यक्ष
फोनिज १ नम्बर प्रदेश समिति
२०७७ फागुन २२
नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेशको मतदाता संख्या
धनकुटा–१५५
इलाम–१७३
झापा–२६३
खोटाङ–२६
मोरङ–२०४
ओखलढुडगा–५०
पाँचथार–८५
संखुवासभा–३९
सोलुखुम्बु–६६
सुनसरी–२६२
ताप्लेजुङ–६०
तेह्रथुम–८२
उदयपुर–९९
भोजपुर–४६