• काठमाडौं । नेकपा एमालेको संसदीय दलको आजको बैठकमा माधव नेपाल पक्षका सांसदहरू पनि सहभागी हुने भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नजाने भने पनि दलको बैठक लगातार बहिष्कार गर्नु राम्रो नहुने केही नेताले बताएका छन् ।

    पूर्वमन्त्री योगेश भट्टराईले दलको बैठकमा जाने नेपाल प्रेसलाई बताए । माधव नेपाल, झलनाथ खनाल लगायताका नेताहरूको सहभागिताबारे भने अहिले केहीबेरमा बस्ने केन्द्रीय सदस्यहरूको बैठकपछि तय हुनेछ ।

    माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक कलंकीस्थित मेगा पार्टी प्यालेसमा बस्दैछ । सो बैठकले थप रणनीति तय गर्ने र दलको बैठकमा जाने वा नजाने टुंगो लगाउने केन्द्रीय सदस्य तथा सांसद झपट रावलले बताए ।

    बुधबार साँझ माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको अलग्गै भेला भएको थियो । सो भेलाले बैठकमा जाने हो भने सबै नेतासहित जानुपर्ने निष्कर्ष निकालेको थियो ।

    संसदीय बोर्डमा झलनाथ खनाल र माधव नेपाललाई पनि ओलीले राखेका छन् । तर नेपालले सो पद अश्वीकार गरेका छन् । एमाले संसदीय दलमा माधव नेपाल पक्षका ३५ जना सांसद छन् ।

सम्वन्धित समाचार

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…