• काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका कुनै पनि शर्त मान्य नहुने प्रष्ट पारेका छन् ।

    संसदीय दलको बैठकमा झलनाथ खनालसहितका नेताहर”ले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन माग गरेपछि ओलीले यस्तो जवाफ दिएका हुन् ।

    अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताएका छन् । ओलीले एमाले २०७५ जेठ २ मै फर्किएको भन्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापनमात्र भएको बताएका थिए ।

    ओलीको भनाई उदृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन ।’

    ओलीले माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेको भन्दै माधव र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारवाहीको भागीदार हुने बताएका छन् ।

    ओलीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेबाट त्यस्तो स्पष्टीकरण आउने कुरामा शंका जनाए । मुख्य सचेतक भट्टराईले माधव नेपाल र भीम रावलमाथि केन्द्रीय कमिटी बैठकबाटै कारबाहीको निर्णय हुने बताए ।

    अध्यक्ष ओलीले आफूलाई माधव नेपालले प्रचण्डसँग मिलेर पार्टी सदस्यताबाट समेत निष्कासन गरेको स्मरण गर्दै त्यस्तो अपराध गर्नेहरूलाई पनि आफूले स्पष्टीकरणमात्र सोधेर सुधार्न खोजको बताएका थिए ।

सम्वन्धित समाचार

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…