• काठमाडौं–प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा केन्द्रीय कमिटी बैठक बसेर गरेका निर्णय फिर्ता नहुने बताएका छन् ।

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त अडान राखेका हुन् । शुक्रबारको संसदीय दलको बैठकमा यसअघि ७ चैतको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिस्कार गरेको वरिष्ठ नेता माधव कुमार नेपाल समूह पनि उपस्थित भएको थियो । ओलीले स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल समूहका नेताहरुको जवाफ नकारात्मक आएकाले कारबाही गर्ने चेतावनी समेत दिएका छन्।

    बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकतावद्ध बनाउन भूमिका खेल्न ओलीसंग आग्रह गरेका थिए ।

    खनालले विगतको तितामिठा कुरा बिर्सिएर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने बताएका थिए । तर ओलीले भने पार्टीका पछिल्ला निर्णय फिर्ता नहुने बताएका छन् ।

    गत फागुन २८ गते ओलीले एक पक्षीय रुपमा माओवादीका नेताहरुलाई समेटेर केन्द्रीय कटिटीको विस्तार गरेका थिए । त्यसमा नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…