मोरङ । मोरङको पथरी शनिश्चरे नगर स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिको आजदेखि दोस्रो चरणको खेल शुरु भएको छ ।
आजको खेलमा पथरी शनिश्चरे–१ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ सेमिफाइनलमा प्रवेश गरेको हो ।
वडा नं. ९ का लागि विनोद राईले २३ औ र सेनेहाङ लिम्बूले ५९ औं मिनेटमा गोल गरेका थिए । आजको खेलको म्यान अफ द म्याच ९ नम्बर वडाका खेलाडि विनोद राई घोषित भए । उनलाई पथरी उद्योग वाणिज्य संघको पूर्ब अध्यक्ष पर्शु कार्कीको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।
भोलिको दोस्रो चरणको दोस्रो खेल वडा नं. २ र ८ बीच हुने आयोजक समितिका संयोजक कुरमा राईले बताए ।