• काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन केही दिनमा नै फिर्ता लिने बताएका छन् । शनिवार प्रज्ञाप्रतिष्ठान डबलीमा नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

    ‘म अब धेरै दिन पर्खन सक्दिनँ, समर्थन फिर्ता र अविश्वास प्रस्ताव एकैपटक अघि बढाउँ भनेर मात्रै हो,’ उनले भने ।उनले समर्थन फिर्ता लिनका लागि आफूलाई विभिन्न ठाउँबाट दबाब आएको पनि बताए ।

    ‘हत्त न पत्त समर्थन फिर्ता नलेउ भनेर ममाथि ठूलो दबाब छ । म अब दारा किटेर मात्रै बसेको हो, समर्थन फिर्ता लिन्छु’ उनले भने ‘मलाई समर्थन फिर्ता नलेऊ भन्ने मलाई दबाब छ । अब नैतिक र राजनीति रूपले म अब धेरै दिन रोक्दिनँ छिट्टै प्रक्रिया अगाडि बढाउछु ।’

    उनले जनता एक भएर अघि बढेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ भत्किएको समेत बताए। ‘विगतमा जे परिर्वतन भए त्यसलाई उल्टाउन यो नियोजित रुपमा आएको हो भन्ने मलाई लागेको छ। हामी सबै आन्दोलनमा आएको हो। सेटिङ भएको छ भनेर प्रधानमन्त्रीका मानिसले भन्दै आएका थिए। जनताले अगाडी आएपछि भत्कन्छ भनेर मैले भनेको थिए। हामी जनता एक भएर अघि बढ्यो त्यो सेटिङ भत्क्यो। यही कारण पुनःस्थापना भयो,’ उनले भने।

    प्रतिनिधि सभा पुनःस्थापनापछि ओलीले राजीनामा दिने आफूहरूलाई लागे पनि त्यसो हुन नसकेको उनको भनाइ छ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…