• काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जन्मिसकेको बच्चालाई फेरि गर्भमा राख्ने अनौठो काम अदालतले गरेको टिप्पणी गरेका छन् । उनले नेकपा माओवादी केन्द्र र एमाले ब्यूँताउने फैसला गरेर अदालतले दिउँसै रात पार्ने काम गरेको टिप्पणी गरे । 


    माओवादी र प्रचण्डलाई तेजोवध गर्ने षड्यन्त्र भइरहेको बताउँदै उनले यसको विरुद्धमा आफू लड्न तयार रहेको बताए ।  शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी दलसँग सहकार्यको जरुरी रहेको बताउँदै आफू सँधै पहिचानको पक्षमा रहेको बताए । 


    ‘पटक पटक महन्थजी र म पहिचानका लागि लड्ने काम गरेका छौं, मधेशका निम्ति १३ सय जनाले सहादत दिएका छन्, त्यो कुरा महन्थजीलाई थाह छ’, उनले भने, ‘कहिले २२ दल त कहिले ३३ दलको संगठन बनाएर संघर्ष गरेकै हो ।’


     संविधानलाई परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले आफू रेशम चौधरीको रिहाइको पक्षमा रहेको पनि बताए । उनले ओली गुटका मान्छेले एकपछि अर्को गर्दै जेलमा गएर चौधरीलाई भेटेको बताउँदै उनले त्यो सत्ता स्वार्थ बाहेक केही हुन नसक्ने बताए । 

    उनले भने, ‘महन्थजी मात्र पिडित होइन, म पनि पिडित हुँ, मेरा पनि मान्छे जेलमा छन्, मेरो टाउकोमा पनि मुद्दा छन् त्यसलै मिलेर ओलीको प्रतिगमनको विरुद्धमा लडौँ ।’ उनले अब नयाँ खालको जनविद्रोह हुने बताउँदै तर त्यो जनविद्रोह शान्तिपूर्ण हुने धारणा राखे । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…