• मोरङ । पथरीशनिश्चरे –८ नम्बर वडा फुटबल टिम मोरङको पथरी शनिश्चरे नगर स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरेको छ । 

    आज भएको खेलमा वडा नम्बर २ लाई टाइब्रेकरमा १–४ गोल अन्तरले पछि पार्दै ८ नम्बर सेमि फाइनलमा प्रवेश गरेको हो । 

    पहिलो हापको खेल शुरु भएको सातौ मिनेटमा २ का खेलाडि कबि राईले गोल गरेका थिए भने दोस्रो हामको आठौ मिनेटमा ८ नम्बर वडाका खेलाडि महेन्द्र मगरले गोल गर्दै बराबरीमा पु¥याएका थिए । 
    खेल अबधिभर एक बराबरी गोल भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । 

    टाइब्रेकरमा ८ नम्बर वडाका खेलाडिहरु एली लिम्बू, सौरज राउत, महेन्द्र मगर र समिर याक्खाले गोल गरेका थिए । वडा नम्बर २ का खेलाडि शन्तोष न्यौपानेले गोल गरेपनि निरज परियारले प्रहार गरेको गोल पोलमा ठोकिएर बाहिरिएको, अर्का खेलाडि अमृत राईले हानेको गोल विपक्षी गोलरक्षकले रोकका थिए । 

    आजको खेलको म्यान अफ द म्याच बिजेता ८ नम्बर वडाका खेलाडि समिर याक्खा घोषित भए । उनलाई कार्यक्रमको अतिथि नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईको हातबाट मेडल तथा नगद पुरस्कार प्रदान भएको थियो । 

    भोलिकोे खेल वडा नं. ३ र आयोजक भुटानी शरणार्थी शिविर शनिश्चरे ए टिमबीच हुने आयोजक समितिका संयोजक कुमार राईले जानकारी दिए । 
     

सम्वन्धित समाचार

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे ब…