• काठमाडौं । थ्री नेशन्स कपमा नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन् ।

    अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री आउने निश्चित भएको जानकारी दिए ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री ओली सवा ५ बजेसम्म रंगशाला पुगिसक्ने र खेल अवधिभर रहने जानकारी दिए ।

    किर्गिस्तान यू–२३ टिमसमेतको सहभागितामा एन्फाले आयोजना गरेको थ्री नेशन्स कपको फाइनल खेल आज साँभ साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।

    लिग चरणमा दुई बराबरी खेलेको नेपाल र एक जित तथा एक बराबरी खेलेर बंगलादेशले फाइनलमा स्थान बनाएका थिए ।
    नेपाली राष्ट्रिय टोली लिग चरणका दुई खेलमा गोल नगरिकनै फाइनलमा पुगेको हो ।

    विश्वकप तथा एसियन कप छनोटको तयारीमा रहेको नेपालले छनोट प्रतियोगिताको पूर्व निर्धारित खेल स्थगित भएपछि एन्फाले थ्री नेशन्स कप आयोजना गरेको हो ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…