• काठमाडौं । थ्री नेशन्स कपमा नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन् ।

    अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री आउने निश्चित भएको जानकारी दिए ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री ओली सवा ५ बजेसम्म रंगशाला पुगिसक्ने र खेल अवधिभर रहने जानकारी दिए ।

    किर्गिस्तान यू–२३ टिमसमेतको सहभागितामा एन्फाले आयोजना गरेको थ्री नेशन्स कपको फाइनल खेल आज साँभ साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।

    लिग चरणमा दुई बराबरी खेलेको नेपाल र एक जित तथा एक बराबरी खेलेर बंगलादेशले फाइनलमा स्थान बनाएका थिए ।
    नेपाली राष्ट्रिय टोली लिग चरणका दुई खेलमा गोल नगरिकनै फाइनलमा पुगेको हो ।

    विश्वकप तथा एसियन कप छनोटको तयारीमा रहेको नेपालले छनोट प्रतियोगिताको पूर्व निर्धारित खेल स्थगित भएपछि एन्फाले थ्री नेशन्स कप आयोजना गरेको हो ।

सम्वन्धित समाचार

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …