• काठमाण्डौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गुटको मात्र अध्यक्ष भएको दावी गरेका छन् । उनले आफुलाई हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागी निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि उनको यस्तो धारणा आएको हो ।

    ‘ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन,यसबारेमा मलाई जानकारी पनि छैन । ओली एमालेको अध्यक्ष नै होइनन।’ नेता नेपालले भने । पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले तपाईलाई एमालेबाट निष्काशन गरिएको हो भन्ने प्रश्नमा उनले भने- ‘कुन पार्टीबाट?, ओलीको पार्टीबाट?’

    नेता नेपालले ओली अहिले गुटको अध्यक्ष भएको र उनले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने दावी गरे । केन्द्रिय कमिटी नै विघटन गरेका व्यक्तिले कार्वाहीको हल्ला फैलाउनुको कुनै अर्थ नहुने उनले बताए । गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने हुंदा कारवाही वा निलम्बनको कुनै अर्थ नहुने नेपालको भनाई छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…