अर्जुन जम्नेली राई
मोरङ । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी सिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा रेफ्रि माथि आक्रमण भएपछि खेल बाँकी खेल अनिश्चित भएको छ ।
मंगलबार भुटानी शरणार्थी शिविर बेलडागी झापाको ए टिम र मोरङको पथरीशनिश्चरे नगर पालिका–१० नम्बर वडाको खेल भएको थियो । खेलमा १० नम्बर वडालाई १–२ गोल अन्तरले पराजितगर्दै भुटानी शरणार्थी शिविर बेलडागि झापा सेमी फाइनलमा प्रवेश गरेको थियो ।
खेल सकिना साथ पराजित भएका १० नम्बर वडाका खेलाडिहरु आक्रमक शैलीमा महिला रेफ्रि जमुना मगर जनिक पुगे । त्यसपछि दर्शक मैदान छिरेर रेफ्रि जमुना मगरमाथि हातपात भयो । मगर सोमबार लाइन्स म्यानको भूमिका निर्वाह गरेका थिए । १० नम्बर वडाका दर्शकको आक्रमणबाट रेफ्रि जमुना मगरको दाहिने कानको पछाडि भागमा चोट लागेको छ । उनको पथरी अस्पतालमा दुई टाँका लगाएर प्राथमिक उपचार भएको थियो ।
खेलाडि आक्रोशित भएपछि दर्शक मैदान छिरेर रेफ्रि माथि आक्रमण गर्नेहरुले अर्का रेफ्रि मनिस खड्कालाई पनि धकेलेका थिए । रेफ्रि माथि आक्रमण भएपछि मैदानमा आतंक सिर्जना भएको थियो । दैनिक वितरण हुने म्यान अफ द म्याच वितरण लगायतको कार्यक्रम विथोलिएको थियो । आक्रमण पछि पनि अराजक शैलीमा मञ्च घेराउ गरेर रेफ्रि र आयोजकलाई गालि गलौज भएको थियो । प्रहरी भने निक्कै ढिलो गरी घट्ना स्थल पुगेको थियो ।
खेल मैदान पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरमा रहेको छ । वडा नम्बर १० का खेलाडिको बाहुल्य रहेको टेन नवोदय फुटबल क्लव यस अघि भएको पथरीशनिश्चरे नगर लिग च्याम्पियन टिम हो ।
रेफ्रिले आफ्नो टिमलाई लिएको अपसाइड र विपक्ष टिमको हेण्ड बल नलिएको भन्दै १० नम्बरका खेलाडि र दर्शकले असहमति जनाएका थिए । एद्यपि खेलमा रेफ्रिले लिने निर्णय नै अन्तिम हुने गर्दछ ।
घट्नापछि आज (मंगलबार)को खेल अनिश्चित भएको छ । रेफ्रिहरुले आक्रमण गर्ने ब्यक्तिलाई कानूनी कारबाहीको दायरामा नल्याएसम्म र सुरक्षाको प्रत्याभूति नभएसम्म खेल खेलाउन नसक्ने जनाएको छ । यो घट्नापछि १० नम्बरबाट खेल्ने कम्तिमा ७ जना खेलाडिलाई कारबारीको लागि एन्फालाई शिफारिस हुने रेफ्रिलाई उध्रित गर्दै बिक्कि राईले जानकारी दिए । आयोजक समितिको संयोजक कुमार राईले भने छलफल गर्ने र सहमिति भए आजै अघि बढ्ने बताए ।
भुटानी शरणार्थी शिविर स्थित खेलकुद बिकास समितिले स्थानीय र शरणार्थीवीच सम्बन्ध मैत्रीपूर्ण सम्बन्ध रहोस भन्ने उदेश्यले चैत्र ७ देखि फुटबल सुरु भएको थियो । प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिको १० वटाबाट १० टिम र भुटानी शरणार्थी शिविर शनिश्चरे मोरङ र झापाको बेलडागी शिविरबाट दुई–दुई गरेर १४ टिम रहेका छन ।