• काठमाडौं – पछिल्लो समय चलचित्रका गीत मात्र होइन म्युजिक भिडियो निर्माणमा पनि निकै खर्च गर्न थालिएको छ । उत्कृष्ट म्युजिक भिडियो बनाउन बिदेशका बिभिन्न भुमिका समेत छायाँकन हुने गरेका छन् ।
    यस्तै करिब ४ लाख खर्च गरेर अष्ट्रेलियामा छायाँकन गरिएको ‘म सधै ’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नजिकिदै गरेको ‘भ्यालेन्टाइम डे’को अवसर पारेर यो गीत भिडियो सहित सार्वजनिक गरिएको छ ।

    माया प्रेमका थिममा निर्माण गरिएको भिडियोमा सुरभी मानन्धर र सतीस मानन्धर प्रेमी प्रेमीकाको रुपमा देखिएका छन् । म्युजिक भिडियो सन्दीप श्रेष्ठले निर्देशक गरेका हुन् । बिभिन्न आकर्षक लोकेसनमा छायाँकन भएको यो गीतमा मोडलाई रोमान्टिक तवरले प्रस्तुत गर्ने काम निर्देशकले गरेका छन् । निर्देशक भिडियोमा मोडल र लोकेसन दुबै प्रथाकिमताका साथ प्रस्तुत गर्न सफल भएका छन् ।

    स्वेदशमा थुप्रै राम्रा म्युजिक भिडियो बनाएका निर्देशक श्रेष्ठले बिदेशमा बनाएको भिडियो यो नै पहिलो हो । सुवानी मोक्तानको शब्द तथा संगीत रहेको गीतमा सुवानी र कमल खत्रीको स्वर रहेको छ । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो सौरभ मानन्धरले छायाँकन गरेका हुन् ।

     

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…