• धनुषा, १९ चैत । विभिन्न राजनीतिक दलले नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तराईको विरोधी भनि नकरात्मक प्रचार गरिरहेको समयमा उक्त प्रचारलाई चुनौति दिँदै आज धनुषामा एकै दिन एक हजारभन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका छन् ।

    राष्ट्रिय युवा संघ नेपालले धनुषामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा तीन सयभन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेको संघका केन्द्रीय उपाध्यक्ष संजिव झाले जानकारी दिनुभयो । जनता समाजवादी पार्टी (जसपा), कांग्रेसलगायतका पार्टीका युवा नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

    वर्तमान समयमा मुलुक तथा प्रदेश नं. २ को विकास र समृद्धिको नेतृत्वकर्ताको रुपमा प्रधानमन्त्री ओली रहेको उल्लेख गर्दै आगामी दिनमा प्रधानमन्त्री ओलीको मिसन र भिजनलाई सार्थकता तुल्याउन जस्तोसुकै जिम्मेवारी लिई सफल बनाउने नवप्रवेशीहरुले उद्घोष गरे ।

    नवप्रवेशीलाई एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामचन्द्र मण्डल, संघका उपाध्यक्ष झालगायतले अविर तथा खादा लगाई स्वागत गर्नुभयो । स्वागत गर्दै उहाँहरुले पार्टीमा प्रवेश गर्नेलाई योग्यता, क्षमता र आवश्यकताको आधारमा पार्टीमा स्थान दिने प्रतिवद्धता समेत जनाउनुभयो ।
     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…