• काठमाडौं, २० चैत्र । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सांसदबाट हटाउने तयारी भएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदबाट नै हटाउने तयारी गरेका हुन् ।


    ओलीनिकट सांसद खगराज अधिकारीले सांसदबाट नै हटाउन लागिएको खुलासा गरेका हुन् । उनले ऋषि धमलासँगको रेडियो एनआरएनसँगको अन्तवार्तामा भने,‘देशी विदेशी प्रतिक्रियावादीसँग मिलेर षड्यन्त्र गर्नेलाई किन सांसद राखिरहनुपर्यो र ?’ उनले नेपाल कम्युनिस्ट नभएको आरोप समेत लगाए ।

    माधव नेपालको कार्यशैली देश, जनता र पार्टी हितविपरित भइरहेकाले सांसद पदमा समेत नराखिने बताए । उनले नेपालमाथि प्रचण्डको नर्सरी भएको आरोप समेत लगाए । माधव नेपाललाई कुनै हालतमा नेता मान्न नसकिने उनको भनाई थियो ।


    यसअघि ओलीले नेपाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए । त्यसपछि उनले समानान्तर कमिटी गठन गरेका छन् । नेपाललाई अब सांसद पदबाटै हटाउने तयारी बढेको छ ।

    यसैगरी, माधव नेपालनिकट नेता भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि सांसदबाट हटाउने तयारी भएको छ । उनीहरुलाई यसअघि पार्टीबाट निलम्बन गर्ने निर्णय ओलीले गरिसकेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…