• काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको छ । २३ चैत्रभित्र नै अविश्वासको प्रस्ताव ल्याउने गरी तयारी भएको बुझिएको छ ।


    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरण बनाएर अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको हो । त्यसका लागि भित्री रुपमा गृहकार्य भइरहेको विश्वस्त स्रोतले बताएको छ ।

    प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलासा गरिसकेका छन् । उनले आज नेपाली काँग्रेस नुवाकोटले आयोजना गरेको कार्यक्रममा यस्तो खुलासा गरेका हुन् । उनले भने,‘हामी प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव पेश गर्छौं, त्यसका लागि अहिले विपक्षीमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुबीच सहमति बनाउँछौं ।’ उनले सरकारको नेतृत्व काँग्रेसले गर्ने दाबी समेत गरे ।


    काँग्रेस, माओवादी केन्द्र र जसपाबीच प्रधानमन्त्रीमा कस्को नाम प्रस्ताव गर्नेबारे सहमति बन्न सकेको छैन । यसमा सहमति बनेमा सम्भवतः भोलि नै अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ । प्रधानमन्त्रीका नाममा सहमति बनाउने अन्तिम तयारी चलिरहेको छ । यसका लागि तीनवटै दलका नेताहरु सक्रिय छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…