• काठमाडौं । विपक्षी एमालेका नेता माधवकुमार नेपालले आफूहरु नै आधिकारिक एमाले भएको दाबी गरेका छन् । आइतबार काठमाडौंको जिल्लाको समानान्तर कमिटी घोषणा सभामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘कानूनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,’ नेता नेपालले भने, ‘कानूनले नदिए अरु उपाय पनि खोजौँला ।’

    यस्तै नेता नेपालले आफूहरु निलम्बित नेता नभएको जिकिर गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट फाले पनि आफू नफालिने बताए । ‘अरुले फालेपनि हामी आफू फालिन्नौँ,’ नेता नेपालले भनेका छन् ।

    ओलीले नवौं महाधिवेशनमा जालझेल र षड्यन्त्र गरेर अध्यक्ष जितेको आरोप लगाउँदै नेता नेपालले ओलीले फूर्ति लाइरहेको बताए । यस्तै नेता नेपालले ओली अल्पमतमा परेको बताए । उनले भने– ‘केपी ओली एमालेका पनि अधिकांश कमिटीमा अल्पमतमा छन् । हामी झुक्दैनौँ ।’

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…