अर्जुन जुम्नेली राई
मोरङ । मोरङको पथरीशनिश्चरेमा भएको नगर स्तरीय फुटबल प्रतियोगीता–२०७७ को उपाधि वडा नम्बर ३ ले हाता पारेको छ ।
आज (आइतबार) भएको फाइनल खेलमा निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि टाइबे्रकरबाट निर्णय लिनु परेको थियो । टाइबे्रकरमा ८ नम्बर वडालाई ४–३ गोल अन्तरले पराजित गर्दै ३ नम्बर वडाले उपाधि उचालेको हो ।
वडा नम्बर ३ का लागि सारा फागो लिम्बू, बेन्जामिन लिम्बू, जुनियर साँवा र जहरमान लिम्बूले गोल गरे ।
वडा नम्बर ८ का लागि एलि लिम्बू, महेन्द्र मगर र समिर याख्खाले गोल गरेपनि सौरज राउत र तिर्थराज बस्नेतले गोल गर्न नसकेपछि उपाधि ३ नम्बर वडाले उचालेको हो ।
खेल विजेता वडा नम्बर ३ ले नगद ७५ हजार, उपविजेता ८ नम्बरले ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल खेलको म्यान अफ द म्याच विजेता टोलीका गोल रक्षक चेतन खतिवडा घोषित भए । खतिवडा प्रतियोगीताकै उत्कृष्ट गोल रक्षक घोषित भए ।
प्रतियोगीताको उत्कृष्ट डिफेन्डर वडा नम्बर ३ का समिर याक्खा, सर्वाधिक गोलकर्ता वडा नम्बर ९ का सेनेहाङ लिम्बू, उत्कृष्ट मिड–फिल्डर ८ का सुजन खत्री घोषित भए । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडि ३ नम्बर वडाका जहरमान लिम्बू पुरस्कृत भए ।
भुटानी शरणार्थी शिविर स्थित खेलकुद बिकास समितिले आयोजना गरेको प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिकाको हरेक वडाबाट एक–एक टिम गरि १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागी शिविरबाट दुई दुई गरी १४ टिम सहभागी भएका थिए ।
प्रतियोगिता खेलाडी उत्पादन र शरणार्थी तथा स्थानीयवीचको सम्बन्ध मैत्रिपूर्ण होस भन्ने उदेश्यले आयोजना गरिएको आयोजक समितिको संयोजक कुमार कृष्ण राईले बताए ।