• काठमाडाैं । नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले संविधान विपरीत स‌वैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरू ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाएकी छन् । प्रतिधिसभाकाे साेमबारकाे बैठककाे शून्य समयमा बाेल्दै सांसद शाहीले नागरिकताजस्ता अति महत्वपूर्ण विधेयकहरू थन्काएर सरकारले संविधान विपरीत संवैधानिक परिषद्को अध्यादेश ल्याएकाे र त्यसकाे विराेध गर्दा महिला हिंसाका विधेयकहरू ल्याउन दिएनन् भनेर अ‍ाेलीले ढाँटेकाे बताइन् ।

    सांसद शाहीले संसद्काट प्रधानमन्त्री बनेका अ‍ाेली संसद र सिंहदरबारमा आउन डराएको समेत बताइन् । “संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराउनुहुन्छ, बालुवाटार पनि सरकारी निवास हो । अब बालकोट मै गएर राज गर्दा राम्रो होला,” उनले भनिन् ।

    प्रधानमन्त्री अ‍ाेलीले विकासका नाममा जनतालाई ठग्ने काम गरेकाे उनकाे भनाइ छ । “देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युवामा प्रवेश गर्‍याे रे ! मेरो जिल्लाका जनताले एम्बुलेन्स, गाडी के हो देखेका छैनन् । बिरामीले अहिलेसम्म अकालमा ज्यान गुमाउनु परेको छ,” उनले भनिन् ।

    अर्काे प्रसंगमा उनले तयार नै नगरी अ‍ाेलीले देशका रणनीतिक सडककाे ‘नौटङ्की’ गरेर बालुवाटारबाट उद्घाटन गरेकाे बताइन् । “तयारै नगरी एक सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक भनेर बालुवाटारबाट स्वीच थिचेर शिलान्यास गर्नुहुन्छ सम्माननीय प्रधानमन्त्री ज्यू यो त नौटङ्की नै हो ।”

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…