• भनिरहनै परेन, योगेश भट्टराई नेकपा एमालेका प्रभावशाली नेता हुन् । वि.सं. २०४० को सेरोफेरोदेखि उनी तत्कालीन नेकपा माले हुँदै एमालेमा निरन्तर सक्रिय छन्।

    एमालेभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेताहरू माधवकुमार नेपाल–झलनाथ खनाल समूहको ‘शीतयुद्ध’ मा भट्टराई अछुतो रहने कुरै भएन । उनी नेपाल–खनाल समूहको एक हस्तीका रुपमा आफ्नो पक्षलाई बलशाली बनाउन अहोरात्र परिचालित भइरहेका छन्।
    आफ्नो समूहको संगठन विस्तारमा सक्रिय भट्टराईसँग नेपालवाचका माधव बस्नेत र शालिक भट्टले भिडियो संवाद गरेका छन्।


    संवादका क्रममा भट्टराईले अहिले नेपालका सम्पूर्ण वामपन्थीहरूबीच एकता आवश्यक रहेको औंल्याए। पछिल्लो समय फुटको स्थितिमा पुगेको नेकपा एमाले एक हुनुपर्ने बताउँदै उनले भने, ‘नेकपा एमाले एक नभई सुखै छैन । यो पार्टी फुट्ने गतिविधि ओलीले गर्न पाउनुहुन्न । यदि त्यसो गरेमा उहाँ इतिहासमा कम्युनिष्ट आन्दोलनको सबैभन्दा खराब पात्र भनेर चिनिनुहुन्छ।’


    शीर्ष नेतृत्व कमजोर धरातल र व्यक्त्तिगत स्वार्थसिद्धमा लागेकाले अहिलेको स्थिति सृजना भएको उनको भनाइ छ । ‘केपी ओली, प्रचण्ड, माधव नेपाल लगायतका नेताहरू व्यक्तिगत दाउपेचमा उत्रनुभयो,’ भट्टराईले भने, ‘जसले गर्दा पार्टीभित्र विकराल समस्याहरू देखिँदै गए।’

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…