•  काठमाडौं, १४ फागुन । राष्ट्रियसभा र प्रतिनिधिसभाको हल, मेच, साउण्ड सिस्टम र माइक व्यवस्थापनमा करोडौंको भ्रष्टाचार भएको समाचार छ ।

    स्रोतका अनुसार लागतभन्दा अधिक मूल्यमा सामान किन्ने, फिटिङ गर्ने र हतार भो भन्दै सार्वजनिक खरिद नियमावलीसमेत उल्लंघन गरेर खर्च गरिएको छ ।

    राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक व्यवस्थापनमा जुन भ्रष्टाचार भएको छ, त्यो हेर्ने निकाय कुन हो ?
    यतिमात्र होइन, राष्ट्रिय सभाको साउण्ड सिस्टम फिट गर्ने ठेकेदारलाई अग्रिम रुपमा लाखौं रकम कमिशन माग गर्दा होहल्ला नै भएको छ ।

    टेण्डर प्रक्रिया त गरियो तर संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका उच्चाधिकारीले लाखौं रकम कमिशन पहिले नै चाहिन्छ भनेको सूचना लिक भएपछि सभासदहरु नै चकित परेका छन् ।

    खरिद सहसचिव राजेन्द्र पाण्डे र उनका मातहतका कर्मचारीले कमिशन मागेको ठेकेदार लोटस इन्टरप्राइजेजले खुलेआम बताइदिएका छन् । कसले कारवाही गर्ने ?

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…