• अर्जुन जम्नेली राई

    मोरङ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य राम कार्की (पार्थ)ले जनतासँग माफी माग्दै नेपालमा नयाँ ढंगको क्रान्ति आवश्यक रहेको बताएका छन् । 

    शनिबार मोरङको पथरी शनिश्चरेमा नगर स्तरीय भेलालाई सम्बोधन गर्दै नेता कार्कीले सो कुरा बताएका हुन । पूर्ब संघीय सञ्चार मन्त्रीसमेत रहेका कार्कीले पार्टी नेताहरु गलतबाटोमा हिड्दा जनयुद्धमा रगत बगाइएपनि हालसम्म जनताले केही प्राप्त नगरेको टिप्पनी गरे । नेताहरु गाउँगगाउँ गएर जनतासँग माफी माग्दै जनयुद्धमा बगाईको रगतको मुल्य चुक्ता गर्न लाग्नु पर्ने उनको भनाइ छ । 

    जनयुद्ध कालमा मजदुर, किसानको दुःख हरण गर्ने प्रतिबद्धता गरेपनि सरकारमा गएपछि सो अनुसारको नीति बनाउन नसकेको जनता सामु स्वीकार्नु पर्ने कार्कीको भनाइ थियो । युद्ध कालमा मात्र नभएर कम्युनिष्ट पार्टी गठन भएको २००६ सालामै सरकारमा पुगेपछि मजदुर, किसानको हित हुने नीति ल्याएर कार्यान्वयमा लाग्ने प्रतिबद्धता गरेपनि हालसम्म पुरा नभएको उनले बताए । 
    माओवादी सरकारमा भन्दा सडकमै हुँदा जनताको हितहुने टिप्पनी गर्दै अब १० बर्ष सत्तामा नगए मात्र पार्टी मजबुद हुने कार्कीको भनाइ थियो ।  

    शान्ति प्रकृयापछि माओवदी नेताहरु शहर पस्दा छरछिमेकी र युवाहरु नेतालाई चिज मानेर हेर्न आउने गरेको स्मरण गर्दै अहिले कांग्रेस, एमालेभन्दा फरक नभएपछि जनता अलमल्लमा परेका उनको भनाइ थियो ।  
    ‘पुल, सडक, पैनी कांग्रेस, एमालेले बनाउथे हामी भत्काउँथ्यो ।’ कार्कीले भने ‘सही विचार, सिद्धान्त र नीति भएको कारण पहिलो संविधान सभाको निर्वाचनमा जनताले माओवादीलाई भोट दिए ।’

    सरकारमा गएपछि माओवादी नेताहरुको पनि एमाले, कांग्रेसकै जस्तो शहर, बजारको चोक चोकमा घर, गाडि सुविधा भएको कारण जनताले सहि पार्टी छुट्याउन नसक्ने अवस्थामा पुगेको बताए नेताहरुले समाजवादको दिशामा अघि बढेको भन्ने गरेपनि दलाल पुँजीवादी ब्यबस्था रहेको उल्लेख गर्दै संसदीय पुँजीवादी व्यवस्था रहेसम्म अस्तिरता, आर्थिक असमानता र वर्गीय विभेद रहेको बताए । 

    संमृद्धि र बिकास बगम्फुसे भाषण मात्र भएको टिप्पनी गर्दै कार्कीले अर्थतन्त्रको घोडालाई राजनीतिक लगाम लगाउन नसकेकै कारण नेपालले बर्तमान संकट बेहोर्नु परेको बताए । देश चलाउन राजनीतिक विचार सिद्धान्तनै प्रमुख भएको उनको भनाइ थियो । 

    केही नेताहरुले पुँजीवादलाई समाजवादको बर्को ओढाउने प्रयास गरेपनि केपी ओलिले असली रुप देखाइदिएको कार्कीको भनाइ थियो । 
    नेता कार्कीले हरेक वडा, पालिका, प्रदेश र संघीय सरकारले शिक्षा र स्वास्थ्यमा २०–२० प्रतिशत बजेट छुट्याएर जनतालाई सहुलियत दिनुपर्ने तर्क प्रस्तुत गर्दै शिक्षा र स्वास्थको नाममा व्यापार गर्नेहरु कम्युनिस्ट बन्न नसक्ने बताए ।  

    श्रमको अपमान गर्ने नेपाली समाज बिकासमा ब्रह्मणवाद बाधक रहेको उनको भनाइ थियो । बाहुनले जोत्नुहुदैन, दलितले छोएको खानुहुदैन, भेटेजति अबसर आफै लिने प्रवृति ब्राह्मणवाद भएको कार्कीको भनाइ थियो । उनले युवा युवतीहरु नेपालमा आफ्ना आमा बुवाले खोके घिनाउने तर अमेरिका, बेलायतमा पुगेपछि त्यहाँको बृद्धाबृद्धाले खोके हतार हतार हात थापिहाल्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताए । नेपाली नागरिकता त्याग्दै अष्ट्रेलियाको पीआर पर्दा भोज खाने, खुशी हुने प्रचलन दुःखद अवस्था रहेको उनको भनाइ थियो । 

    विहेको लागि केटी हेर्नु जाने प्रथा महिला प्रतिको हिंसा भएको भन्दै अन्त्य गर्नुपर्ने बताए ।  पार्टी एकतापछिको बाटो ठीक भएको र ढाँट्दै गए अझ समस्या थपिन्दै जाने कार्कीको तर्क थियो । कम्युनिस्टहरुको अर्को रोग चीन, रुस, पेरुको नक्कल गर्नु भएको बताउदै नेपालमा नयाँ ढंगको विचार निर्माण गर्नुपर्ने बताए । 

    कम्युनिष्टहरुले प्रयोग गर्ने लेनिनवादी संगठनात्मक ब्यबस्था बहुदलीय संसदीय राजनीतिसँग नमिल्ने उल्लेख गर्दै अत्याचार, शोसनको विरुद्ध स्थायित्व, शान्ति र लोकतन्त्रको लागि नयाँ ढंगले लाड्नुपर्ने नेता कार्कीको भनाइ थियो । 

    १० हजारले रुसमा क्रान्ति गरेको उल्लेख गर्दै नेपालमा यातायातमा सेन्टिगेट, सुन काण्ड, बलत्कार, हत्या भएपनि ८ लाख सदस्य रहेको कम्युनिष्ठ पार्टीले सिन्को भाँच्न नसकेको उनले बताए । 
    कार्यक्रमा अर्का केन्द्री सदस्य तथा १ नम्बर प्रदेश ईन्चार्ज साबित्रीकुमार काफ्ले (समार), शिवकुमार मण्डल, राष्ट्रिय सभा सदस्य गोपी आच्छामी,   लिम्बुवान मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष मुक्साम मेयाङ्बो, जिल्ला सचिव गणेश उप्रेती, प्रदेश सभा सदस्य कुलप्रसाद साम्बा लिम्बू, गीता तिम्सिना, संविधान सभाका सदस्य लालबहादुर मगर लगायतको उपस्थिति रहेको थियो । 

    लिम्बुवान मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष मुक्साम मेयाङ्बोले टंक आङ्बुहाङ् छ महिने मन्त्री र श्रीप्रसाद जवेगु लगायतका नेताहरु केपी ओलीको नक्कली ललिपपमा बिक्री भएको टिप्पनी गरे । 
    पार्टी जिल्ला सदस्य बालकुमार मगरको सभापतित्वमा भएको भेलाले चेतन दाहालको अध्यक्षमा ८१ सदस्यीय नगर समिति घोषणा गरेको छ । 


     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…