• काठमाडौं, २८ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गरेको स्पष्ट पारेका छन् ।  पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने पनि बताएका छन् ।

    उनले प्रतिक्रियावादीले कम्युनिस्ट पार्टी विभाजन गरे पनि आफूहरुले कम्युनिस्टहरु बीचको एकताको झण्डा उठाइरहनु पर्ने उल्लेख गरे । पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउनुहुँदै उनले भने,‘समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकतावद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढंगले विभाजित गरिएको पार्टी पुनर्मिलन गराउनु जरुरी छ ।’ उनले पार्टी एकता गरे गल्ती गरेको र पार्टी एकता पनि आफूहरुले नटुटाएको बताए ।


     

सम्वन्धित समाचार

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …

मोरङ । लोकसागर साम्बा मोरङको पथरीमा भएको सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) प्रतियोगित…

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजङ्गा धार्मिक वनको सभा हलमा बुधबार भक्तराज कन्दङ्वाको स्मृति सभा सभ…